Routine of Banking Preparation(सिद्धार्थ यादव) @worldbankingknowledge Channel on Telegram

Routine of Banking Preparation(सिद्धार्थ यादव)

@worldbankingknowledge


Knowledge sharing for Government bank of Nepal
NRB
RBB
NBL
ADBL

Routine of Banking Preparation(सिद्धार्थ यादव) (Nepali)

सिध्दार्थ यादवको 'Routine of Banking Preparation' नामक टेलिग्राम च्यानल नेपालका सरकारी बैंकहरू जस्तै एनआरबी, आरबीबी, एनबिएल, एडिब्ल बारेमा जानकारी साझा गर्ने गरिएको छ। यो च्यानल तपाईंलाई एनआरबी, आरबीबी, एनबिएल, एडिब्ल बैंकका तयारीका लागि आवश्यक जानकारी, टिप्स र सुझाव प्रदान गर्दछ। यसले तपाईंको बैंक परीक्षाको तयारीलाई सरल बनाउँछ र आवश्यक सामग्रीहरूको सूचना प्रदान गर्दछ।nnयो च्यानल बैंकिङ परीक्षाहरूको लागि अनलाइन तयारीका लागि एक अचम्मको स्रोत हो। सिध्दार्थ यादवले अनलाइन बैंकिङ तयारीमा तपाईंलाई मार्गदर्शन गरिरहेका छन् जसले तपाईंलाई सफलतापूर्वक परीक्षाहरूको तयारी गर्न मद्दत गर्छ। च्यानलमा साझा भएका जानकारीहरूले तपाईंलाई नेपालका सरकारी बैंकका परीक्षाहरूमा सफल भएको देखाउँछ।nnयदि तपाईं सरकारी बैंकका परीक्षाहरूको लागि सजिलो स्थानमा तयारी गर्न चाहानुहुन्छ भने, 'Routine of Banking Preparation' च्यानल तपाईंको लागि उत्कृष्ट विकल्प हो। तपाईंको बैंकिङ क्षेत्रमा पेशागत क्षमता विकसित गर्न यस च्यानललाई संलग्न गर्नुहोस् र सफलतापूर्वक परीक्षाहरू पास गर्नुहोस्।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

08 Jan, 14:46


आज बेलुका ठिक ७:३० बजे New Banking Officer Orientation Class                           
हाम्रो कक्षामा जोडिनको लागि दिएको जुम आइडी र पासवर्ड मार्फत जोडिनुहोला।
कक्षामा जोडिनकाे लागि
👉 Meeting ID: 4175992437
👉 Passcode:12345
किर्तिपुर भ्यालि ईन्ष्टिच्युट प्रा.ली.
सबै विद्यार्थीहरू सहभागी भै कक्षा लिनु होला।
धन्यवाद !!!

Routine of Banking Preparation(सिद्धार्थ यादव)

07 Jan, 11:40


✅️ परिपत्र नं. ४ (घ): नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप व्यवस्था💜🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

07 Jan, 11:39


✅️ लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको संचालन मार्गदर्शन, २०८१

Routine of Banking Preparation(सिद्धार्थ यादव)

06 Jan, 17:13


@चालु आर्थिक बर्ष 2081/82 को 4 महिना तथ्यांक मा आधारित मुद्रा बजार र पुजी बजार को वर्तमान अवस्था:-❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

06 Jan, 07:28


कम्पनी ऐन, २०६३ को दफा १३ : प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने बारे जानकारी

१) कुनै प्राइभेट कम्पनी देहायका अवस्थामा यस दफाबमोजिम पब्लिक कम्पनीमा परिणत हुनेछ ।
(क) प्राइभेट कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने निर्णय गरेमा,
तर पब्लिक कम्पनी हुनको निमित्त यस ऐनबमोजिम आवश्यक शर्तहरू पूरा नगरेमा प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुन सक्ने छैन ।
ख) प्राइभेट कम्पनीको पच्चीस प्रतिशत वा सोभन्दा बढी शेयर एक वा एकभन्दा बढी पब्लिक कम्पनीले खरिद गरेमा, तर यस खण्डबमोजिमको प्रतिशत निर्धारण गर्दा कुनै बैङ्किङ वा वित्तीय कम्पनीले ट्रष्टीको रुपमा शेयरहरू कब्जामा लिएको अवस्थामा त्यस्तो शेयरको गणना गरिने छैन ।
ग) प्राइभेट कम्पनीले कुनै पब्लिक कम्पनीको पच्चीस प्रतिशत वा सोभन्दा बढी शेयर खरिद गरेमा ।
२) उपदफा (१) को खण्ड (क) को अवस्थामा सो खण्डमा उल्लिखित निर्णयको प्रतिलिपि संलग्न राखी सम्बन्धित प्राइभेट कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनको लागि त्यसरी निर्णय भएको मितिले तीस दिनभित्र कार्यालयसमक्ष तोकिएबमोजिमको दस्तुरसहित तोकिएबमोजिम निवेदन दिनु पर्नेछ ।
३) उपदफा (२) बमोजिम कार्यालयसमक्ष निवेदन प्राप्त हुनआएमा सम्बन्धित प्राइभेट कम्पनीले यस ऐनबमोजिम पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गर्नका लागि आवश्यक शर्तहरू पूरा गरेको भएमा कम्पनी दर्ताकिताबमा त्यस्तो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरेको व्यहोराजनाई साठी दिनभित्र तोकिएबमोजिम कम्पनी परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।
४) उपदफा (१) को खण्ड (ख) वा (ग) को अवस्था परी कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत गर्नु पर्ने भएमा त्यस्तो अवस्था सृजना भएको मितिले सात दिनभित्र सम्पूर्ण व्यहोरा खुलाई सम्बन्धित प्राइभेट कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनको लागि कार्यालयसमक्ष तोकिएबमोजिमको दस्तुरसहित तोकिएबमोजिम निवेदन दिनु पर्नेछ ।
५) उपदफा (४) बमोजिम कार्यालयसमक्ष निवेदन प्राप्त हुन आएमा त्यस्तो कम्पनीले यस ऐनबमोजिम पब्लिक कम्पनीले कारोबार सञ्चालन गर्न पूरा गर्नु पर्ने शर्तहरु पूरा गरेको भए कार्यालयले कम्पनी दर्ताकिताबमा त्यस्तो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरेको व्यहोराजनाई तोकिएबमोजिम कम्पनी परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।
६) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएमा सो कम्पनीको सहायक कम्पनीसमेत सोही मितिदेखि स्वतः पब्लिक कम्पनीमा परिणत भएको मानिनेछ ।
७) उपदफा (६) बमोजिम पब्लिक कम्पनीमा परिणत भएकोमा कम्पनी दर्ताकिताबमा त्यस्ता सहायक कम्पनी पब्लिक कम्पनीमा परिणत भएको व्यहोराजनाई प्रमाणपत्र लिनको लागि कार्यालयसमक्ष आवश्यक कागजातसहित निवेदन दिने दायित्व सम्बन्धित कम्पनीको हुनेछ ।
८) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएमा त्यसरी परिणत भएको मितिदेखि यस ऐनबमोजिम पब्लिक कम्पनीको सम्बन्धमा लागू हुने व्यवस्थाहरू त्यस्तो कम्पनीलाई स्वतः लागू भएको मानिनेछ ।
९) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएकोमा त्यसरी परिणत भएको प्राइभेट कम्पनीको सबै सम्पत्ति तथा दायित्वहरू पछिल्लो कम्पनीमा सर्नेछ ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

04 Jan, 14:43


नेपाल राष्ट्र बैंक (NRB): Question Paper ⤵️
पद:
सहायक निर्देशक
सेवा/समूह: प्रशासन
पत्र: तृतीय पत्र
मिति: २०८१/०९/२०

Routine of Banking Preparation(सिद्धार्थ यादव)

04 Jan, 09:59


❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

04 Jan, 02:03


Song of the day....
बाझो खेतमा छड्के सलाम छ मायालाई छैटौ भेट्मा। 😜

@LOKSEWA❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

03 Jan, 13:04


NRB Assistant Director Exam Questions 2081/82 Day 2

Routine of Banking Preparation(सिद्धार्थ यादव)

02 Jan, 16:55


प्रश्न. मौद्रिक नीति 2081/82 मा भुक्तानी प्रणाली लाई व्यस्थित तुल्याउन के कस्ता नीति अवलम्बन गरिएको छ? सबिस्तार लेख्नुहोस।

प्रश्न.मौद्रिक नीति 2081/82 मा लघुबित सम्बन्धि के कस्ता नीति अवलम्बन गरिएको छ? उल्लेख्य गर्नुहोस्। (NRB Assistant Economic part ❣️🙏)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

02 Jan, 16:53


📚 नेपाल राष्ट्र बैंक | सहायक निर्देशक पद | लिखित परीक्षा प्रश्न
📅 मिति: २०८१/०९/१८
📖 चरण: द्वितीय | पत्र: प्रथम

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Jan, 02:22


HAPPY NEW YEAR, 2025. Wishing you success, prosperity , satisfaction , happiness and motivated life.❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Jan, 02:14


❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

31 Dec, 04:37


वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८१ पुस १६)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

30 Dec, 04:27


प्रश्न. पुजिकोष अनुपात सम्बन्धि निर्देशनहरुको पालना नभएमा नेपाल राष्ट्र बैकले बेक तथा वितिय संस्थालाई गर्न सक्ने शिघ्र सुधारात्मक करबाहिहरु उल्लेख गर्नुहोस् ।❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

24 Dec, 08:28


नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (साताैं संशोधन, २०८१), २०७८ ।
https://www.nrb.org.np/contents/uploads/2024/12/OMO-Procedure-2078_7th.-Revision.pdf

Routine of Banking Preparation(सिद्धार्थ यादव)

24 Dec, 03:11


वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८१ पुस ९) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश

Routine of Banking Preparation(सिद्धार्थ यादव)

22 Dec, 15:32


सबैले भन्छन बदलिएछौं भनेर,😌
बदलिएको होइन, अब कसै सँग नजिकन मन छैन बस ।🙏😓

#शुभ_रात्रि 🌙😓💔🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

22 Dec, 14:45


https://www.youtube.com/live/GGsTAAS547I?si=ap_tCFU1vKIGuolP

Routine of Banking Preparation(सिद्धार्थ यादव)

21 Dec, 09:00


सम्पुर्णमा नमस्कार !!
भोलि बेलुका ठिक 8 बजे नेपाल राष्ट्र बैंक सहायक द्वितीय, अर्थशास्त्र नमुना प्रश्नपत्रको फिडब्याक कक्षा हुने जानकारी गराइन्छ।
कक्षामा जोडिनकाे लागि
👉 Meeting ID: 3891654193
👉 Passcode:12345
किर्तिपुर भ्यालि ईन्ष्टिच्युट प्रा.ली.
सबै विद्यार्थीहरू सहभागी भै कक्षा लिनु होला।
धन्यवाद !!!

Routine of Banking Preparation(सिद्धार्थ यादव)

21 Dec, 02:10


नेतृत्वको परिस्थितिमुलक दृष्टिकोण भन्नाले के बुझिन्छ? बैंकिङ क्षेत्रमा यसको महत्व उल्लेख गर्नुहोस्!(३+७=१०)
NRB ASSISTANT लेखनसिप ❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

18 Dec, 13:53


नेपाल राष्ट्र बैंक ले  आ.ब. २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षामा जारी गरेको छ । यसका व्यवस्था र असर निम्नानुसार छन ।

१. विद्यमान ५.५ प्रतिशतको नीतिगत दर,  अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको ।
असर: केही नपर्ने ।

२. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने।

असर: बजारमा भईरहेको अधिक तरलता र ब्याजदर उतार चढाब लाई आबस्यक नियमन थप प्रभाबकारी बनाईने अपेक्षा छ।

३. बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने।

असर: बैंक तथा वित्तीय संस्थाहरुको पुंजीकोषमा चाप परिरहेको र रिजर्भमा नकारात्मक असर परिरहेको बेला पुजीकोष व्यवस्थापन गर्न perpetual preference share लाई अनुमति दिने व्यवस्था आउने अपेक्षा गरिन्छ, यसले बैकहरुलाई व्यबसाय वृद्धि गर्न पुंजीकोष व्यवस्थापन सहज हुनेछ । यसले पुजीकोष व्यबस्थापनमा बैंकहरुलाऊ राहत हुनेछ ।

४. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।

असर: हाल रु २५ लाख भन्दा गायक पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार १२५% थियो । अब यस्ता सबै कर्जामा जोखिमभार १००% हुंदा बैकहरुले सहजै हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जा प्रवाह गर्ने र रिस्क प्रीमियम घट्ने हुन्छ । यसले अटोमोबाईल व्यबसायीलाई केही राहत हुनेछ । बैकहरुको पुंजीकोष मा सामान्य राहत हुनेछ । बैंकहरुको रु.१२७ अरब कर्जा हायर पर्चेज कर्जा मध्य रु २५ लाख नाथूराम कर्जाको जोखिम भार घट्नेछ ।

५. बैंक तथा संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने।

असर: शेयर खरिद गर्न पाउने व्यबस्था मा परिवर्तन नभई विक्रि मात्र गर्न दिने व्यबस्थाले शेयर बजारमा Supply बढाउछ । बैकहरुले लगानी बाट बाहिरिने मौक़ा पाउछन तर यसको असर शेयर बजारमा सकारात्मक हुने देखिदैन।

६. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।

असर: बैंकिंग को असल बर्गको कर्जा रु ४७ खरब हाराहारी छ, यसरी हेर्दा रु २.३ अरब जति कर्जा नोक्सानी व्यवस्था घट्ने देखिन्छ । मुनाफ़ामा सकारात्मक असर पर्नेछ ।

७.घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात (Debt Service to Gross Income Ratio) लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।

असर: यसरी घरकर्जा लाई अझ सहज बनाईयो । यसले घरजग्गा कारोबारलाई चलायमान बनाउन अली सहज हुने देखिन्छ । हाल रु.२ करोड़ सम्मको कर्जा रु.३८४ अरब र अन्य रियल स्टेटमा रु २४८ अरब कर्जा प्रवाह देखिन्छ।

८. चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोक गरिनेछ।

असर: यस्तो कारोवारलाई थप नियमन गरिने अपेक्षा गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैक

Routine of Banking Preparation(सिद्धार्थ यादव)

17 Dec, 07:13


प्रश्न. केन्द्रिय बैकको रूपमा नेपाल राष्ट्र बैकले वितीय स्थायित्वको लागि गर्दै आएको कार्यहरूको प्रभावकारिता को समिक्षा गर्नुहोस् । मुद्रा र पुजि बजारको वर्तमान अवस्था , सम्भावना , चुनौतीहरु उल्लेख गर्नुहोस् । साथै आधुनिक बैकिङ्ग सेवाहरुको विकास बाट ग्राहकमुखि बैकिङ्ग कसरि प्रवर्द्धन गर्न सकिन्छ? उल्लेख गर्नुहोस् । (5+2.5+2.5+2.5+2.5+5=20) ❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

17 Dec, 05:55


Rastriya Banijya Bank
https://www.rbb.com.np/report

Routine of Banking Preparation(सिद्धार्थ यादव)

17 Dec, 03:26


✅️ नेपाल_परिचय (१२ औं संस्करण) २०८१🥰❣️

Routine of Banking Preparation(सिद्धार्थ यादव)

17 Dec, 00:40


✅️ वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८१ पुस २) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश

Routine of Banking Preparation(सिद्धार्थ यादव)

30 Nov, 12:49


Nrb set
meeting ID:-9423206832
PASSCODE:-12345
feedback Time:-6PM

Routine of Banking Preparation(सिद्धार्थ यादव)

29 Nov, 14:33


प्र.१: मुद्रा बजार (money market) को परिचय दिदै यसका उपकरणहरुको बारेमा चर्चा गर्नुहोस् । [२+८]

उत्तर :मुद्रा बजार (Money Market) एक वित्तीय बजार हो जहाँ छोटो अवधि (1 वर्षभन्दा कम) का ऋण र तरलता साधनहरूको व्यापार गरिन्छ। यस बजारमा प्रमुख उद्देश्य पैसा सजिलैसँग र तुरुन्तै सस्तोमा उधारो लिन र दिन हो। मुद्रा बजारका प्रमुख उपकरणहरू/औजारहरू तल उल्लेख गरिएको छन्:

1. सर्ट टर्म इन्स्ट्रुमेन्ट्स (Short-Term Instruments):

यी साधनहरू छोटो समयको लागि उधारो लिने र दिने अवसर दिन्छन्। यीमा सामेल छन्:

- सीडी (Certificates of Deposit):

बैंकद्वारा जारी गरिने एक प्रकारको विनिमय योग्य निक्षेप प्रमाणपत्र हो। यसमा निश्चित म्याच्युरिटी र ब्याज दर हुन्छ। सीडीहरू बजारमा व्यापार गर्न सकिन्छ।


- ट्रेजरी बिल्स (Treasury Bills):

यी सरकारी ऋण उपकरणहरू हुन् जुन सरकारलाई छोटो अवधि (अधिकार र एक वर्षभन्दा कम) को लागि पैसा जुटाउनका लागि जारी गरिन्छ। यसमा निश्चित ब्याज दर हुँदैन, तर यसको मूल्य कममा बिक्री गरिन्छ र म्याच्युरिटीमा पुरा मूल्य तिर्ने प्रावधान हुन्छ।


- कमर्शियल पेपर (Commercial Paper):

ठूलो कम्पनीहरूले छोटो अवधि (अधिकतम 270 दिन) को लागि नगद व्यवस्थापन गर्न जारी गर्ने असुरक्षित (unsecured) ऋण पत्र हो। यसमा उच्च ब्याज दरको सम्भावना हुन्छ, र यो सामान्यत: कम्पनीहरूको स्थायीत्व र क्रेडिट रेटिङसँग सम्बन्धित हुन्छ।


- रेपो र रिवर्स रेपो (Repurchase and Reverse Repurchase Agreements):

रेपो सम्झौतामा एक पक्षले छिटो नगद प्राप्त गर्नको लागि सरकारी प्रतिभूतिहरू वा अन्य सिक्योरिटीजहरू बेच्दछ र पछि निश्चित मूल्यमा ती पुनः किन्ने सम्झौता गर्दछ। रिवर्स रेपो भनेको यसको विपरीत प्रक्रिया हो।


- बिल अफ एक्सचेन्ज (Bill of Exchange):

यो एक लिखित वचन हो जसमा एक पक्षले अर्को पक्षलाई निश्चित मितिमा निश्चित रकम तिर्ने वचन दिन्छ। यो व्यापारिक उद्देश्यका लागि प्रयोग हुने एक साधन हो।


- बैंकर्स एकसेप्टेन्स (Bankers Acceptance):

यसमा एक बैंकले ऋण लिने पक्षको लागि भविष्यमा निश्चित मितिमा एक निश्चित रकम तिर्ने ग्यारेन्टी दिन्छ। यो सामान्यत: व्यापारिक उद्देश्यका लागि प्रयोग हुन्छ।




2. मनी म्याकेट फण्ड्स (Money Market Funds):

यी फण्डहरू लघु अवधिको कम जोखिम भएका सम्पत्ति समेटेर काम गर्छन्। यसमा विभिन्न प्रकारका मुद्रा बजार उपकरणहरूको समावेश हुन्छ, जसले लगानीकर्तालाई तरलता र कम जोखिमको प्रस्ताव गर्दछ।



3. थप उपकरणहरू:

- शॉर्ट टर्म लोन (Short-Term Loans): यी ऋणहरू छोटो अवधिका लागि जारी गरिन्छ र प्रायः बैंकहरू वा वित्तीय संस्थाहरू द्वारा प्रदान गरिन्छ।

- मनी मार्केट डेरिवेटिव्स (Money Market Derivatives): यी वित्तीय उपकरणहरू बजारको उतारचढाव र ब्याज दर जोखिमको हकमा हेजिङ गर्न प्रयोग गरिन्छ।



निष्कर्ष :
मुद्रा बजारका यी उपकरणहरू वित्तीय संस्थाहरू, सरकार, र कम्पनीहरूले आफ्नो तरलता व्यवस्थापन गर्न र छोटो अवधिमा पूँजी जुटाउन प्रयोग गर्दछन्।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

29 Nov, 13:30


सम्पुर्णमा नमस्कार !!!🙏
आज बेलुका ठिक ८ः०० बजे राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको तह ६ (अधिकृत स्तर) को  कक्षा हुने हुँदा समस्त विद्यार्थी वर्गहरु कक्षामा जोडिनुहोला ।
कक्षामा जोडिनकाे लागि
👉 Meeting ID: 9423206832
👉 Passcode:12345
किर्तिपुर भ्यालि ईन्ष्टिच्युट प्रा.ली.
सबै विद्यार्थीहरू सहभागी भै कक्षा लिनु होला।
धन्यवाद !!!

Routine of Banking Preparation(सिद्धार्थ यादव)

29 Nov, 06:38


आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
https://www.nrb.org.np/ofg/monetary-policy-2081-82-1st-quarter-review/

Routine of Banking Preparation(सिद्धार्थ यादव)

28 Nov, 16:12


नोट कोष भनेको के हो ?
“नोटकोष” भन्नाले नेपाल राष्ट्र बैंकले नेपालभर नेपाली रुपैयाँको सहज आपुर्तिको लागि खडा गरेको कोषलाई सम्झनु पर्छ । हाल नेपाल अधिराज्यभर नेपाल राष्ट्र बैंकको ८, राष्ट्रिय वाणिज्य बैंकको ४५, र नेपाल बैंक लिमिटेडको २६ गरी जम्मा ७९ नोट कोषहरू रहेका छन् । यस्तो नोटकोष सामान्यतयाः जिल्ला सदरमुकाममा अवस्थित सरकारी कारोबार गर्ने बैंकमा रहेको हुन्छ ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

28 Nov, 04:25


2081 असोज मसान्तसम्म अर्थतन्त्र को झलक:-❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

27 Nov, 15:51


आवस्यकता भन्दा बढी लगाब, कुनै पनि चिज वा व्यक्ति प्रति नराख्नुहोस ।
हामीले खास सम्झेका कुराले कहिलेकाही,हामीलाई बक्वास सम्झिरहेको पनि हुन सक्दछन ।।🙏

#शुभ_रात्रि❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

27 Nov, 15:49


प्रश्न. सार्वजनिक ॠण भनेको के हो? सार्वजनिक ॠण सरकारले विशेष गरि कुन अवस्थामा लिने गर्दछ? संघ, प्रदेश र स्थानिय तहले आन्तरिक ॠण लिने सिमा कति रहेको छ? (NRB 4th 2079/3/18)(4+3+3=10)🙏❣️

Routine of Banking Preparation(सिद्धार्थ यादव)

26 Nov, 05:14


वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८१ मङ्सिर ११)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

25 Nov, 14:07


Challenging Questions only(1)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

25 Nov, 05:58


Definition of Economic Growth And Economic Development..❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

25 Nov, 05:53


आर्थिक वृद्धि र आर्थिक विकास भनेको के हो? प्रस्ट गर्नुहोस।
आर्थिक वृद्धि:
एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ। आर्थिक वृद्धि आर्थिक विकासको पूर्वसर्त हो। यो समृद्धि तर्फको यात्रा हो। राष्ट्र विकसित भएको अवस्थाको सुरुवात हो । यो विकासको साधन हो । जुन वृद्धि मोडेलमा आधारित हुन्छ । यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ, त्यसैले यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन । त्यही भएर सबै क्षेत्रको वृद्धि नभए पनि आर्थिक वृद्धिदर उच्च हुन सक्दछ । कुनै क्षेत्रको उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन । यसमा रोजगारी सिर्जना त हुन्छ तर सबै क्षेत्रको वृद्धि नहुँदा पूर्ण रोजगारीको भने ग्यारेन्टी हुँदैन । त्यसकारण आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्दछ ।

आर्थिक विकास:
अर्थतन्त्रको समग्र सबै पक्षको विकास भएको अवस्थालाई आर्थिक विकास भनिन्छ। आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ। समावेशी आर्थिक विकास अहिलेको ज्वलन्त विषय बनेको छ । यो राष्ट्रको मूलभूत लक्ष्य हो, विकासको साध्य हो, जुन विकास मोडेलमा आधारित छ । उच्च एवं दिगो वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् । यसले राष्ट्रको समग्र सबै पक्षलाई समेटेको हुन्छ । यो राष्ट्रको सबै क्षेत्रको विकास भएको समृद्धिको अवस्था हो । आयको समानुपातिक वितरण हुने र हरेक क्षेत्रको उत्पादन तथा वितरणको पूर्ण विकास भएको अवस्थाले गर्दा यसमा रोजगारी सिर्जनाको ग्यारेन्टी भई गरिबी न्यूनीकरण हुन्छ ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

25 Nov, 05:53


नेपाल राष्ट्र बैङ्कलाई प्राप्त विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकारहरू उल्लेख गर्नुहोस।
विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, क्रेडिट कार्ड, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्रलगायतका मौद्रिक उपकरणलाई विदेशी विनिमय भनिन्छ । विदेशी विनिमयको कारोबारसम्बन्धी सम्पूर्ण मामिलाको व्यवस्थित गर्ने कार्यलाई विदेशी विनिमय व्यवस्थापन भनिन्छ। आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि विदेशी विनिमयसम्बन्धी नीति निर्माण गर्ने र सोको व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्य रहेको छ। सो उद्देश्य हासिल गर्नका लागि बैङ्कलाई निम्नानुसारको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकार रहेको छ :
–विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई प्रचलित कानुनको अधीनमा रही इजाजतपत्र जारी गर्ने ।
–इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने।
–इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
–इजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा सर्त निर्धारण गर्ने।
–नेपाली रुपियाँको विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने।
–उल्लिखित अधिकारको प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कमा विदेशी विनिमय व्यवस्थापन विभागलाई जिम्मेवार बनाइएको छ। -

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Nov, 15:29


"तिमी वचनको पक्का भईदिनु, म घडी नहेरी तिमिलाई पर्खिने छु ।"❤️ माया

#शुभ_रात्रि ❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Nov, 15:01


इजरायलले प्राप्त गर्यो एसियाली विकास बैंकको सदस्यता

⏩️कहिले ? : २०२४ सेप्टेम्बर २७
⏩️इजरायल ADB को ६९ औं सदस्य बनेको हो
➡️इजरायल Non Regional राष्ट्र अन्तर्गतको २० औं सदस्य राष्ट्र बनेको छ
ADB बारे जानकारी :
................................
स्थापना : १९६६ डिसेम्बर १९
प्रधान कार्यालय : मनिला, फिलिपिन्स
सदस्य देश : ६९ (इजरायल सहित)
हालका प्रमुख : Masatsugu Asakawa (जापान)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Nov, 03:10


# १६ औं योजनाको समृद्धिका राष्ट्रिय लक्ष्यहरु

#आर्थिक वर्ष 2081/82 को तिन महिनाको तथ्यांकका आधारमा आधारित :❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Nov, 13:15


Monetary Policy 2081/82
(मौद्रिक नीति २०८१/८२)

Key Rates and Provisions:
🔹 Bank Rate: 6.5%
🔹 Policy Rate: 5%
🔹 Inflation Target: 5%
🔹 Deposit Collection Rate: 3%

Reserve Requirements:
🔸 CRR (Cash Reserve Ratio):
4% (Applicable for All BFIs)
🔸 SLR (Statutory Liquidity Ratio):
12% for Commercial Banks
10% for Development Banks & Finance Companies
Loan Provisions:
🔹 Good Loan Provision: 1.10%

Interest Rate Corridor:
🔸 Upper Limit: 6.5%
🔸 Lower Limit: 3%

Repo and Reverse Repo Rates:
🔹 Repo Rate: 5%
🔹 Reverse Repo Rate: 3%

Refinancing Rates from NRB:
🔸 Special Refinancing: 1.1%
🔸 SME Refinancing: 2%
🔸 General Refinancing: 3%

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Nov, 13:14


देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था नेपालीमा (आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित)✔️✔️✔️✔️

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Nov, 13:13


Banking & Financial Statistics as on Asoj End, 2081 (Mid-October, 2024)
https://www.nrb.org.np/.../2024/11/Ashwin_2081_Publish-1.pdf

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Nov, 13:03


Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Months-data-of-2081.82.pdf

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Nov, 03:21


वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८१ मङ्सिर ४) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश

Routine of Banking Preparation(सिद्धार्थ यादव)

18 Nov, 16:15


Monetary Policy 2081/82

♦️Bank Rate : 6.5%
♦️Spread rate for commercial bank 4.4%to 4%
♦️ Policy Rate : 5%
♦️ Inflation : 5%
♦️ Deposit Collection Rate : 3%
♦️CRR : 4% (ALL BFIS)
♦️SLR : 12% Commercial Bank and 10% for Development Banks and Finance companies
♦️ Good Loan Provision: 1.10%
♦️Interest Rate Corridor: Upper limit 6.5% and Lower Limit 3%
♦️Reverse repo rate 3%
♦️repo rate 5 %
♦️NRB बाट पाउने
विशेष पुनर्कर्जा :- 1.1%
SME पुनर्कर्जा :- 2%
साधारण पुनकर्जा :- 3%
♦️Growth rate 12% to 12.5%
♦️Spread rate development bank in a finance company 5%to4.6%

Routine of Banking Preparation(सिद्धार्थ यादव)

18 Nov, 05:36


data file

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 16:30


नेपाल राष्ट्र बैंक समाचार, वर्ष ४९, अङ्क २ (कात्तिक २०८१)❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 16:28


नेपाल राष्ट्र बैंक समाचार, वर्ष ४९, अङ्क २ (कात्तिक २०८१)✔️✔️✔️✔️

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 04:13


निक्षेप परिचालनको महत्व तथा भुमिका

✔️निक्षेपको परिचालन बैंकहरुको निमित्त कर्जा र बचतको अनुपातको ब्यवस्थापन गर्नमा महत्वपूणर् भूमिका रहन्छ ।
✔️बैंकहरुले बचत कर्ताहरुको बचत रहेको कोषहरुलाई देहको उत्पादन मुलक क्षेत्रहरुमा लगानी गर्न कोषको आबश्यकता भएको क्षेत्रहरुमा पु-र्याउन बित्तिय मध्यस्तकताको रुपमा काम गर्दछ
✔️निक्षेप को परिचालनबाट मानिसहरुलाई भबिष्यको निमित्त बचत गर्न,नाफामुलक ब्यापारिक क्षेत्रहरुमा लगानी गरी आफुलाई अनपेक्षित झटकाहरुबाट सुरक्षित राख्न सक्षम बनाउदछ ।
✔️निक्षेप परिचालनबाट पूंजिको संकलन गरी देशको आर्थिक बृद्धिमा सहयोग गर्दछ ।
✔️भुक्तानी प्रणालीको माध्यमद्धारा बित्तीय निपटाराको सहजीकरण गरेर मुद्राबजारको दरहरुमा अन्रतष्ङिय भुक्तानीको साधन उपलब्ध गराउदछ ।
✔️राष्ट्रिय बचतको मात्रमा बृद्धि र लगनीको प्रकृयालाई अधिबढाउन सहयोग गर्दछ ।
✔️ निक्षेप परिचालनले देशको अर्थतन्त्रको बिभिन्न क्षेत्रहरुमा सन्तोष जनक सेवा उपलब्ध गराउनमा महत्वपूणर् भूमिका निर्बाह गर्दछ ।
✔️निक्षेपको परिचालन बैंकहरुको निमित्त मानिसहरुलाई बांच्नका लागि अक्सीजनको महत्व भए जस्तै बैंकहरुको लागि त्यस्तै महत्व राख्दछ ।
✔️बित्तीय समाबेशीतामा बृद्धि गरी आम नागरिकहरुको जिवनस्तरमा सुधार ल्याउन सहयोग गर्दछ ।
✔️सुरक्षित बचतका उपकरहरु र वित्तीय उपकरणहरुमा पहुंचको आधार निर्माण गरिदिएर गरिवहरुलाई उत्तम वित्तीय सुरक्षाको निर्मा(ण गर्नका लागि सामर्थ बनाउदछ ।
✔️आमनागरिहकरुलाई देशको आर्थिक कृयाकलापहरुमा सहभागिहुन पाउने अवसरहरु उपलब्ध गराई गरिबी निबारणमा सहयोग गर्दछ ।
     कर्जा लगानीको निमित्त चाहिने र निक्षेप कर्ताहरुले चाहेको समयमा आफनो खाताबाट रकम निकाल्न सक्ने गरी आबश्यक मात्रामा बैंकहरु संग प्रयाप्त निक्षेप हुन आबश्यक छ । जब सम्म बैंकले निक्षेप परिचालनको स्पष्ट रणनीतिहरु निर्माण गरी धेरै भन्दा धेरै मानिसहरुले आम्दानी सृजना गरी,आफनो नियमित आबश्यकताहरु पुरागरेर अतिरिक्त बचत गरी बैंककमा निक्षेप गर्न सक्ने गरी कामगर्न सक्दैनन ।।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 04:12


RBB Computer Note ( Nepali & English Medium Both) ❤️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 04:09


नेपाल राष्ट्र बैंकको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको लागी प्रवेश पत्र (Admit Card) आईसकेको छ है !!!
फर्म भर्दा राखेको इमेल र पासवर्ड Login गरेर Admit Card Download गर्न सकिनेछ ।
लिंक: https://jobs.nrb.org.np/recruitment/public/login

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 04:08


घाटा बजेटबारे जानकारी:

🔎घाटा बजेट भन्नाले त्यस्ताे खालकाे बजेट लाई इंकित गर्दछ, जहाँ अाम्दानीकाे हिस्सा भन्दा खर्चकाे हिस्सा बढि रहन्छ ।

🔎 घाटा बजेटलाई अाधुनिक अर्थशास्त्रीले माग सिर्जना गर्नमा सहयोग गर्नुका साथै सन्तुलित मुलुकककाे बिकास निर्माण प्रति उत्तरदायी भुमिका समेत बहन गर्दछ । भनी व्यक्त गरेका छन ।

🔎घाटा बजेट एक प्रकारकाे अार्थिक सबलीकरणकाे माध्यमकाे रुपमा पनि लिन सकिन्छ  ।

🔎यस बजेटकाे मद्दत राष्ट्रकाे दीगाे फराकिलो तथा सन्तुलित विकासमा समेत याेगदान रहेको पाइन्छ  ।

🔎नेपालमा अा.व. २०३३/३४ बाहेक हाल सम्ममा घाटा बजेटकाे नीति लाई अवलम्बन/अगालेकाे समेत देख्न सकिन्छ ।

🔎घाटा बजेट सिद्धान्तका प्रतिपादक जे. एम किन्स हुन । उनले यस बजेटकाे सिद्धान्तलाई प्रतिपादन गरी हाल पछिल्लो समयमा विभिन्न विकसित मुलुककले समेत यस्ता बजेटका सिद्धान्त लाई अवलम्बन गरेकाे पाइन्छ  ।

🔎घाटा बजेटकाे सहायताले विभिन्न क्षेत्रका अायगत तथा पुँजीगत प्रकृतिका खर्च समेतलाई सम्बाेधन गर्न सकिन्छ  ।

🔎यस्ता खालका बजेट सिद्धान्तले राष्ट्रकाे अार्थिक अवस्थालाई समेत प्रभावित पार्दै  मुलुकमा अार्थिक पक्षमा परेका समस्या समेत लाई समाधान प्रतिकाे बिकल्प खाेज्नमा मार्ग निर्देशित  गर्दछ ।

अन्त्यमा : यसर्थ घाटा बजेट भन्नाले सरकारकाे अाय भन्दा ब्ययकाे हिस्सा उच्च बिन्दुमा रही तय गरिएको बजेट प्रणालीकाे सिद्धान्तलाई नै घाटा बजेट भनिन्छ  । यसका कमी कमजोरी हरुकाे स्पष्ट रुपमा पहिचान गरिनु नितान्त अावश्यक देखिन्छ ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

01 Nov, 01:50


Bank Notes Security Features - the official site of the Central Bank of Nepal
https://www.nrb.org.np/banknotes-security-features/#rs_500--reverse

Routine of Banking Preparation(सिद्धार्थ यादव)

29 Oct, 01:06


वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश✍️✍️✍️(2081/07/13)

Routine of Banking Preparation(सिद्धार्थ यादव)

23 Oct, 01:05


प्रश्न. बैंकिङ्ग कसुर भनेको के हो? बैंकिङ्ग कसुर तथा सजाए एन , 2064 ले निर्धारण गरेका प्रमुख कसुरहरुको सुचि त्यार गर्नुहोस् ।

प्रश्न. ग्राहक पहिचान भनेको के हो? स्पष्ट पार्दै उच्चपदस्थ व्यक्तिको पहिचान तथा बृहत् ग्राहक पहिचान सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण एन,2074 ले गरेका व्यवस्था उल्लेख गर्नुहोस।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

23 Oct, 01:05


प्रश्न. बैंकिङ्ग कसुर भनेको के हो? बैंकिङ्ग कसुर तथा सजाए एन , 2064 ले निर्धारण गरेका प्रमुख कसुरहरुको सुचि त्यार

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Oct, 04:12


नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले  विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
✍️७२.४% दैनिक उपभोगमा,
✍️१५.८% ऋण तिर्न,
✍️४.६ % शिक्षामा (स्वदेश),
✍️१.९% घरायसी दिगो सरसामान खरिदमा,
✍️१.९ % बचत र
✍️१.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Oct, 04:08


चौथो जीवनस्तर सर्वेक्षण अनुसार सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर सबैभन्दा बढि ३४.१६ प्रतिशत रहेको छ। सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत रहेको छ।
———
सात वटै प्रदेशमा सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत, कर्णालीमा २६.६९, लुम्बिनीमा २४.३५, मधेशमा २२.५३, वागमतीमा १२.५९ प्रतिशत र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर रहेको छ भने गण्डकी प्रदेशमा ११.८८ प्रतिशत रहेको छ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

20 Oct, 04:08


चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को गरिवी र उपभोग सम्बन्धि तथ्यांक
----------------
***नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको
***यो भनेको ५९ लाख ११ हजार ६ सय ५९ जना गरिवीको रेखामुनि रहेको
*** १२ वर्षअघि आर्थिक वर्ष २०६६/६७ मा भएको सर्वेक्षणले २५.१६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखाएको
***हाल उपभोग आधार लाइन ७२ हजार ९०८ रुपैयाँ तोकिएको छ जसलाई गरिवीको रेखाको रुपमा बुझिन्छ। यसको अर्थ एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको।
***खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न सक्नेलाई मात्र गरिबीको रेखाभन्दा माथि राखिएको
***खाद्य गरिबी मापन गर्ने क्रममा प्रतिव्यक्ति प्रतिदिन २२ सय ३६ क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यस अघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी रहेको
***नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ। १२ वर्ष अवधिमा प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ६६ प्रतिशत वृद्धि भएको देखिन्छ।
***सामान्यतया विकसित र गरिबी कम भएको मुलुकमा खाद्यान्नभन्दा गैरखाद्य उपभोगमा बढी खर्च हुन्छ। नेपालमा भने व्यक्तिले वर्षमा गर्ने कुल उपभोगमध्ये खाद्यान्नका लागि मात्र ५३ प्रतिशत र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने गरेको छ। अघिल्लो सर्वोक्षणले खाद्यान्नमा ६२ प्रतिशत र गैरखाद्यान्नमा ३८ प्रतिशत उपभोग हुने देखाएको थियो।
***यस अवधिमा नेपालीको भान्छामा ताजा तथा सुक्खा फलफूल, माछामासु उपभोगमा वृद्धि भएको पाइएको छ।
***सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ । सहरमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ।
***प्रदेश अनुसार सबभन्दा धेरै गरिबी सुदूरपश्चिममा छ। तथ्यांक अनुसार यस प्रदेशमा ३४.१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ ।
सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत र बागमतीमा १२.५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

19 Oct, 02:10


नेपालको योजनाबद्ध विकास प्रक्रियामा १६ औँ योजनाले पहिचान गरेको विकासको सोच, उद्देश्य, रणनीति र रूपान्तरणका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।

मुलुकको विकासका लागि रणनीतिक सोच, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति एवं कार्यक्रम तय गरी उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका साथ उपयोग गर्ने सुनियोजित प्रयास नै विकास योजना हो । नेपालमा योजनाबद्ध विकास प्रक्रिया थालनी भएको करिब सात दशक भइसकेको छ । यस अवधिमा पाँच वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना तर्जुमा भई कार्यान्वयन भई सकेका छन् । आर्थिक वर्ष २०१८/१९, २०४७/४८ र २०४८/४९ गरी तीन वटा आ.व. आवधिक योजना कार्यान्वयनका दृष्टिले योजनाविहीन वर्षका रूपमा रहेका छन् । सोह्रौँ योजनाका रूपमा पञ्चवर्षीय योजना तर्जुमा भई कार्यान्वयनको चरणमा रहेको छ । १६ औँ योजनाले पहिचान गरेका विकासका सोच, उद्देश्य, रणनीति र रूपान्तरणका क्षेत्र यसप्रकार छन:

क) सोच: दीर्घकालीन सोच २१०० ले तय गरेका समृद्धि र सुखका मूलभूत तìवलाई आत्मसात् गर्दै १६ औँ योजनाले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच राखेको छ । सुशासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ । सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको हुन्छ । सामाजिक न्याय स्थापित गर्दै हासिल भएको समृद्धि दिगो, समावेशी, समुन्नत एवं अनुभूतियोग्य हुने छ ।

ख) उद्देश्य: आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु १६ औँ योजनाको मूल उद्देश्य हो । यसका लागि योजनाले तय गरेको सोचबमोजिम क्षेत्रगत रूपमा योजनाको प्रमुख उद्देश्य यसप्रकार छन :
–राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु,
–स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,
–मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु ।

ग) समष्टिगत रणनीति: अर्थतन्त्रको संरचनागत रूपान्तरणमार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै १६ औँ योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो । यसक्रममा संरचनागत रूपान्तरणका लागि पहिचान गरिएका क्षेत्रमा अवलम्बन गरिने समष्टिगत रणनीति यसप्रकार छन:
–विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधको पहिचान, सम्बोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,
–सङ्घ, प्रदेश र स्थानीय तिनै तह तथा सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्र एवं विकास साझेदारबिचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउँदै दिगो विकास योजना कार्यान्वयन गर्ने,
–विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूल प्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपत् जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने,
–अध्ययन, अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण एवं विकासका कार्यक्रम कार्यान्वयन गर्ने ।

घ) संरचनात्मक रूपान्तरणका प्रमुख क्षेत्र:
–समष्टिगत आर्थिक आधारको सबलीकरण र उच्च आर्थिक वृद्धि,
–उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि,
–उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा,
–स्वस्थ, शिक्षित र सिपयुक्त मानव पुँजी निर्माण,
–गुणस्तरीय भौतिक पूर्वाधार विकास एवं सघन अन्तरआबद्धता,
–योजनाबद्ध, दिगो र उत्थानशील सहरीकरण तथा बस्ती विकास,
–लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी समाज,
–प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास,
–गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण,
–प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि,
–शासकीय सुधार तथा सुशासन प्रवर्धन,
–जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र,
–अति कम विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयन ।
–यसरी सात दशकपहिले थालनी भएको नेपालको विकास योजना प्रतिक्रियाले विभिन्न कालखण्डमा राजनीतिक प्रणाली र शासकीय स्वरूपमा आएको परिवर्तनलाई आत्मसात् गर्दै विकास योजनाका सोच, उद्देश्य, प्राथमिकता र कार्यक्रमलाई परिष्कृत गर्दै अगाडि बढ्दै आएको छ । विगतका योजना कार्यान्वयनबाट प्राप्त उपलब्धिको जगमा उभिई चालु १६ औँ योजना सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सोचसहित समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा अगाडि बढेको छ ।

Routine of Banking Preparation(सिद्धार्थ यादव)

18 Oct, 20:27


Definition of Economic Growth And Economic Development..❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

18 Oct, 20:25


'USSD-based Payment System and its Regulations: Suggestions for Nepal' विषयक अध्ययन प्रतिवेदन सार्वजनिक (संक्षिप्त प्रेस नोट) ।
https://www.nrb.org.np/contents/uploads/2024/10/Press-Note-on-USSD-based-Payment-System.pdf

Routine of Banking Preparation(सिद्धार्थ यादव)

16 Oct, 17:44


कुरा घमण्डको होइन स्वाभिमानको हो, यदि कसैले म प्रति सोच बदल्छ भने, म बाटो ब‌दलिदिन्छु | 🙏

#शुभ_रात्रि 🌙❣️🙏

Routine of Banking Preparation(सिद्धार्थ यादव)

16 Oct, 05:26


आर्थिक वर्ष २०८१/८२ को दुइ महिनाको आर्थिक तथ्यांक, अर्थतन्त्रको सबल र दुर्बल पक्षहरु
----------------
चालु आर्थिक वर्ष २०८१/८२ को दुइ महिनाको आर्थिक तथ्यांक तथा सोको आधारमा अर्थतन्त्रको सबल र दुर्बल पक्षहरुको प्रस्तुति निम्नानुसार रहेको छ।
-----

Routine of Banking Preparation(सिद्धार्थ यादव)

15 Oct, 13:36


नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था नेपालीमा (आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्यांकमा आधारित)