Ajay Singh Thapa @ajaysinghthapa9 Channel on Telegram

Ajay Singh Thapa

@ajaysinghthapa9


Ajay Singh Thapa (English)

Are you passionate about photography and travel? Look no further than the Ajay Singh Thapa Telegram channel! Ajay Singh Thapa, a renowned photographer and travel enthusiast, shares breathtaking images and exciting stories from his adventures around the globe. With a keen eye for detail and a gift for capturing the beauty of different cultures and landscapes, Ajay's channel is a visual feast for the senses. Whether you're a professional photographer looking for inspiration or simply a travel lover seeking wanderlust-inducing content, this channel has something for everyone. Join Ajay Singh Thapa on his journey and get ready to be transported to some of the most exotic and picturesque destinations on Earth. Follow @"ajaysinghthapa9" on Telegram today and start exploring the world through the lens of a true artist!

Ajay Singh Thapa

29 Jan, 06:56


चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १४.१२ प्रतिशत धेरै हो ।
Eps 10
Networth 152

Ajay Singh Thapa

29 Jan, 06:51


पुनर्बीमा कम्पनीहरुले आगामी वर्षको माघ १८ सम्म चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी योजना बुझाएका छन् । योसँगै प्राधिकरणले दुई कम्पनीलाई चुक्ता पूँजी २०–२० अर्ब पुर्‍याउनका लागि एक वर्षको समयसीमा थप गरेको छ।

Ajay Singh Thapa

28 Jan, 03:14


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (CMLI) ले आज (माघ १५ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

26 Jan, 15:51


आउने ६ महिनामा १० जलविद्युत कम्पनीको लकिङ खुल्दै, संस्थापकको १० करोड कित्ता दोस्रो बजारमा आउने

Ajay Singh Thapa

26 Jan, 02:42


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले माघ २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।
इन्स्योरेन्सले १० बराबर ६.२५६ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

Ajay Singh Thapa

25 Jan, 14:41


नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलेको छ। अर्थ मन्त्रालयले पत्र पठाएसँगै सेबोनलाई नयाँ स्टकको लाइसेन्स दिने बाटो खुलेको हो।

Ajay Singh Thapa

25 Jan, 05:41


एनसेलले पछिल्लो ३ महिनाको अवधिमै करिब २ लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ। प्रतिस्पर्धी नेपाल टेलिकमले भने ३ महिनाको अवधिमा १ लाख ७८ हजार सक्रिय प्रयोगकर्ता बढाएको छ।

Ajay Singh Thapa

24 Jan, 16:01


सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये ४५ वटाको संस्थापक, स्थानीय र कर्मचारीलाई छुट्याइएको सेयरको ‘लक इन’ खुल्न बाँकी रहेको छ । सेयर स्क्रिनिङ सफ्वेयर स्मार्ट वेल्थ प्रोले उपलब्ध गराएको तथ्यांक अनुसार यी ४५ कम्पनीको ३५ करोड १५ लाख ४३ हजार कित्ता संस्थापक सेयर दोस्रो बजारमा आउन बाँकी छ । हाइड्रोपावर कम्पनीको लक इन खुला भएपछि संस्थापकलाई छुट्याइएको सेयर पनि साधारण सेयर सरह कारोबार गर्न मिल्छ । 
यो संख्या हाल कारोबारमा आएको १२ करोड ५८ लाख (पब्लिक सेयर) कित्ता भन्दा ३ गुणा बढी हो । पब्लिकलाई छुट्याइएको मध्ये स्थानीय र कर्मचारीलाई बाँडफाँट गरिएको सेयर पनि ‘लक इन’ मा छ । त्यसैले बजारमा थपिने कित्ता संख्या ३५ करोड भन्दा अझै धेरै हुने देखिन्छ ।


https://nepalipaisa.com/news-detail/78024

Ajay Singh Thapa

24 Jan, 04:13


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
Eps 7
Networth 125

Ajay Singh Thapa

23 Jan, 15:29


https://youtu.be/Ch1pWoL4o_g?si=tBlvpZjfZIfP2YML

Ajay Singh Thapa

23 Jan, 03:33


ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्नेछ।

Ajay Singh Thapa

23 Jan, 00:43


१० बैंकको आरओई डबल डिजिटमा हुँदा एउटाको मात्र ऋणात्मक, ९ वटाको पीई २० भन्दा कम

Ajay Singh Thapa

22 Jan, 10:45


https://youtu.be/vzxlCj2cYN4

Ajay Singh Thapa

22 Jan, 09:05


Update by bishanu sir
Urgent Alert on Banking Index (NEPSE)

Only A close above 1380, which aligns with the 21-day moving average and the middle Bollinger Band, will confirm that the downward trend, identified as Minor Degree Wave 2, may have ended.

Note: The invalidation point is below 1338.

Ajay Singh Thapa

22 Jan, 04:47


आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले आज (माघ ९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

22 Jan, 02:44


२३ कम्पनीकाे मूल्य २५० भन्दा तल, यी हुन सबैभन्दा सस्ता कम्पनी

Ajay Singh Thapa

21 Jan, 14:16


https://youtu.be/8QFX1j5f8IE?si=i2FY3GTOwDbNDzNI

Ajay Singh Thapa

21 Jan, 03:22


चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७१ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७८ पैसा थियो । १ वर्षमा औसत प्रतिसेयर आम्दानी २ रुपैयाँ ०७ पैसाले घटेको हो ।

Ajay Singh Thapa

21 Jan, 03:13


नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।   

Ajay Singh Thapa

20 Jan, 04:17


क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला हुनेछ ।

Ajay Singh Thapa

20 Jan, 04:10


वाणिज्य बैंकहरुले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

Ajay Singh Thapa

20 Jan, 03:05


लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा ३ अर्ब नाघेको छ।
Eps 16
Networth 169

Ajay Singh Thapa

20 Jan, 02:40


हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा करिब १ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Eps 14
Networth 176

Ajay Singh Thapa

20 Jan, 02:36


चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।
EPS 16
Networth 185

Ajay Singh Thapa

19 Jan, 13:57


अर्थ मन्त्रालयद्धारा सार्वजनिक तथ्यांकअनुसार ६ महिनामा सरकारको खर्च १७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएकोमा ६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको उल्लेख गरेको छ । जुन वार्षिक बजेटको ३५.९ प्रतिशत हो । 

Ajay Singh Thapa

19 Jan, 05:40


हिमालयन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । यता, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने जनाएको छ ।

Ajay Singh Thapa

19 Jan, 04:16


आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
Eps 9
Networth 132

Ajay Singh Thapa

19 Jan, 04:15


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

Ajay Singh Thapa

18 Jan, 02:17


घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ।
गत मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजश्व प्राप्त भएको छ।

Ajay Singh Thapa

18 Jan, 02:15


https://nepalipaisa.com/news-detail/77776

Ajay Singh Thapa

17 Jan, 02:34


https://nepalipaisa.com/news-detail/77739

Ajay Singh Thapa

16 Jan, 13:11


नेपाल धितोपत्र बोर्डले माघ ३ गते ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ। यो सँगै नेपालमा पहिलोपटक औषधि कम्पनी पुँजी बजारमा प्रवेश गर्न लागेको हो।
ओम मेगाश्री फार्मास्युटिकल्सले १८ लाख कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

Ajay Singh Thapa

16 Jan, 13:09


https://youtu.be/ibFxYG7Oiso?si=EwVlLxZMJ-YH6L5T

Ajay Singh Thapa

16 Jan, 03:49


संस्थामा आर्थिक संकट सुरु हुन थालेपछि फाइनान्स कम्पनीहरुले धमाधम मर्जरमा जाने प्रस्ताव अघि सारेका छन् । वित्त कम्पनीहरुले वार्षिक साधारणसभाका लागि मर्जरको प्रस्तावमात्र गरेका छैनन, पारित गरी काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत दिएका छन् । सञ्चालनमा रहेका १७ मध्ये ५ वटा कम्पनीले मर्जरको प्रस्ताव गरेका हुन् । अहिलेसम्म साधारण सभा गरिसकेका र गर्न बाँकी रहेका यी कम्पनी मर्जरमा जान तयार भएका छन् ।

Ajay Singh Thapa

16 Jan, 02:55


सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटा वाणिज्य बैंकले यसपटक लगाानीकर्तालाई निराश तुल्याएका छन् । गत वर्ष ११ वटा बैंकले औसतमा ९.२२ प्रतिशत मात्रै लाभांश दिएका छन् ।

Ajay Singh Thapa

15 Jan, 13:04


https://arthasarokar.com/2025/01/pokhara-finance-heading-for-merger-in-discussions-with-two-commercial-banks.html

Ajay Singh Thapa

15 Jan, 04:16


लिबर्टी ईनजी कम्पनी लिमिटेडले आज माघ २ गते बुधबारदेखि सेयर लिलामी बिक्री खुला गरेको छ । हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

Ajay Singh Thapa

15 Jan, 04:12


https://www.bizshala.com/article/10839?fbclid=IwZXh0bgNhZW0CMTEAAR04Bb0QZMoZ_WQdaafKXjz2w8qJsBXPSFMMunqaXaU4KRzRi-Rg_jzJm_Q_aem_Xx5xpyTeGqyu9LWlYP4uSQ

Ajay Singh Thapa

15 Jan, 04:06


https://nepalipaisa.com/news-detail/77650

Ajay Singh Thapa

14 Jan, 07:36


धितोपत्र बोर्डले आइपीओको १० कित्ते नीतिलाई हटाएर न्युनतम ५० कित्ताको लागी आवेदन दिनु पर्ने व्यवस्था गर्ने लागेको छ। बोर्डले उक्त व्यवस्थाको मार्गदर्शन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।

Ajay Singh Thapa

14 Jan, 04:09


सञ्चालनमा रहेका २० वटा  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिना अर्थात, मंसिरसम्ममा ३० अर्ब २४ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । कृषि विकासबाहेक अरु बैंक नाफामा छन् । सोही नाफालाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी (इपीएस) ८.०३ रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको १४.९९ रुपैयाँ प्रतिसेयर आम्दानी (वार्षिकीकरण नगरिएको) रहेको छ ।

Ajay Singh Thapa

13 Jan, 16:03


विकास बैकको पाँच महिनाको नाफा साढे २ अर्ब, पाँच वटा विकास बैंक घाटामा

Ajay Singh Thapa

13 Jan, 04:39


हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Ajay Singh Thapa

13 Jan, 04:24


आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

13 Jan, 04:15


२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।

Ajay Singh Thapa

12 Jan, 05:15


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

Ajay Singh Thapa

12 Jan, 05:14


नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २००–८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

Ajay Singh Thapa

12 Jan, 04:35


https://clickmandu.com/2025/01/365335.html

Ajay Singh Thapa

12 Jan, 04:24


लिबर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) ले माघ २ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।
कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

Ajay Singh Thapa

12 Jan, 04:21


नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

11 Jan, 06:14


काठमाडौंको कमलादीमा स्काईवाक टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रा.लिले सर्बसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले सर्बसाधारणबाट लगानी उठाउन कम्पनीको प्रा.लि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि गरेको छ।

Ajay Singh Thapa

10 Jan, 13:05


नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको आधारमा सेयर जारी गर्ने अनुमति पाएको हो।

Ajay Singh Thapa

10 Jan, 06:09


चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा जम्मा एक कम्पनीको प्राथमिक निष्कासन स्वीकृत भएको छ।
गत मंसिर ७ गते चालु आर्थिक वर्षको पहिलो आइपीओ स्वीकृत भएको हो। त्यो पनि बोर्डमा नयाँ अध्यक्ष आउनु भन्दा अघि नै स्वीकृत गरिएको थियो। किनकि गत मंसिर १० गते नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष भएर सन्तोष नारायण श्रेष्ठ आएका हुन्। उनी आए यता भने एउटै कम्पनीको प्राथमिक निष्कासन स्वीकृत भएको छैन। जबकि नयाँ अध्यक्ष नियुक्त भएको पनि डेढ महिना भइसकेको छ।

Ajay Singh Thapa

10 Jan, 06:04


https://www.onlinekhabar.com/2025/01/1602304/pumping-and-dumping-in-shares-of-lokap-company

Ajay Singh Thapa

09 Jan, 07:07


स्रोतका अनुसार राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको तरलताको अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।
यस्तै फाइनान्स कम्पनीतर्फ जानकी फाइनान्स र पोखरा फाइनान्सको विवरण वाणिज्य बैंकहरूसँग माग गरेको हो ।
वित्तीय अवस्था कमजोर देखिएको र संस्था सुशासनमा समस्या देखिएको बैंकहरूको तरलता अवस्था विश्लेषण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
कुनै एक्सनमा जानुअघि संस्थाको तरलता अवस्था बुझ्न लागिएको हो । तरलता अवस्था सामान्य भए बैंक व्यवस्थापनबाट नै सुधार गर्ने कोसिस हुन्छ,’ स्रोतले भन्यो, ‘यी संस्थाको अवस्था यकिन गरेपछि कसरी सुधारमा लैजाने भन्ने निर्णय हुन्छ । समस्याग्रसत घोषणा गर्नेभन्दा बैंककै व्यवस्थापन मार्फत सुधार गर्ने कोसिस रहन्छ ।’

Ajay Singh Thapa

09 Jan, 05:12


समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

08 Jan, 13:58


पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै शुरु हुने बताए। अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको जानकारी दिए ।

Ajay Singh Thapa

08 Jan, 12:57


गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । यसमा आज अन्तिम दिन (पुस २४ गते) साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६ हजार ७४८ जना सर्वसाधारण आवेदकहरुले २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १३.६५ गुणा बढी हो ।

https://nepalipaisa.com/news-detail/77438

Ajay Singh Thapa

07 Jan, 15:50


लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर, पहिलेको भन्दा लचिलो बन्यो राष्ट्र बैंक
https://merolagani.com/NewsDetail.aspx?newsID=109312&fbclid=IwZXh0bgNhZW0CMTEAAR34QR8ZNt2D6XaSICbWbowCSJoqeUQ_gRe9Gpgdhla7gke_I_vtjZ5nIHg_aem_AI3eFz_SDQJzkaP9YUIsFg

Ajay Singh Thapa

07 Jan, 15:03


वित्तीय संस्थाबाट आइपीओ भर्दा लाग्ने शुल्क

https://nepalipaisa.com/news-detail/77316

Ajay Singh Thapa

07 Jan, 13:15


https://youtu.be/-Tgw1wsH6sU?si=v4VoQJZPd4_5pwjq

Ajay Singh Thapa

07 Jan, 11:47


जस्मिन पेन्ट्स लिमिटेडले प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ

Ajay Singh Thapa

07 Jan, 01:30


तथ्यांक अनुसार सन् २०२५ को ६ महिनाभित्र ५ वटा कम्पनीको लकिङ खुल्ने भएको छ । ग्रिन भेन्चर्स लिमिटेडको अबको एक महिना भित्रै लकिङ खुल्ने देखिएको छ भने बलेफी हाइड्रोपावरको अप्रिल ११ मा, रिभर फल्स पावरको मे २२ मा, विन्द्यबासिनी हाइड्रोपावरको जुन १६ र दोर्दी खोला जलविद्युत कम्पनीके जुन २१ मा लकिङ पिरियड खुल्नेछ । लकिङव पिरियड सकिएपछि भने संस्थापक शेयर पनि सर्वसाधारण सरह नै कारोबार हुने प्रावधान छ ।

Ajay Singh Thapa

07 Jan, 01:30


नेप्सेमा सुचीकृत हाइड्रोपावर समूहका ९१ कम्पनीमध्ये ४५ वटा हाइड्रोपावर कम्पनीको लकिङ पिरियड खुल्न बाँकी छ । लकिङ खुल्न बाँकी कम्पनीकै शेयर मूल्य भने झनै उच्च रहेको छ । लकिङ खुल्न बाँकी प्रायः सबै हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँभन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेको छ ।

Ajay Singh Thapa

05 Jan, 13:45


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(GMLIC)काे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढि आवेदन परेकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ ४ लाख ४५ हजार ५६९ जनाले माग गरेका छन्।

Ajay Singh Thapa

05 Jan, 04:19


नागरिक लगानी कोष (CIT) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Ajay Singh Thapa

05 Jan, 03:59


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गदैछ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

03 Jan, 05:26


पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

Ajay Singh Thapa

03 Jan, 05:25


कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

Ajay Singh Thapa

02 Jan, 12:33


https://youtu.be/kCnP-SUJPHc?si=A6fC1LBuORWq-gkI

Ajay Singh Thapa

01 Jan, 02:58


पुस १७ गते, बुधबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

Ajay Singh Thapa

01 Jan, 02:48


आज भन्दा १ वर्ष अगाडि लेखा समितिले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक सेयर जारी गर्न दिने गरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएपछि बोर्डले आइपीओ बारे कुनै निर्णय लिन सकेको छैन् । यसबीचमा धितोपत्र बोर्ड झण्डै ११ महिना अध्यक्ष विहिन रह्यो । कार्यकारीको भूमिकामा गएका अर्थमन्त्रालयका प्रतिनिधिहरुले समेत विवादमा मुछिने डरले कुनै ठोस निर्णय गर्न सकेनन् । नयाँ अध्यक्ष आएपछि प्राथमिक बजार चलायमान हुने लगानीकर्ताको अपेक्षा रहेपनि आइपीओ अनुमतिमा भने विलम्ब हुँदै आएको छ । 

https://nepalipaisa.com/news-detail/77166

Ajay Singh Thapa

31 Dec, 14:50


https://youtu.be/IQyZ31u6iK4?si=zCYjblG-mQqmXzNL

Ajay Singh Thapa

31 Dec, 06:33


सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको राससलाई जानकारी दिए । 

Ajay Singh Thapa

31 Dec, 04:08


पुस १६ गते, मंगलबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

Ajay Singh Thapa

29 Dec, 03:24


चिलिमे जलविद्युत, छिमेक लघुवित्त, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।📣

Ajay Singh Thapa

27 Dec, 05:51


मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद बिक्री गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक चयन

Ajay Singh Thapa

26 Dec, 04:58


समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने जनाएको छ।

Ajay Singh Thapa

26 Dec, 04:00


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । 

Ajay Singh Thapa

24 Dec, 12:47


https://youtu.be/djWpRWegYvk?si=ZLkjzWWLXqUPBbVH

Ajay Singh Thapa

24 Dec, 10:39


जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ६६ अर्ब रुपैयाँ प्रिमियम, नेपाल लाइफले मात्रै २८.५४%

Ajay Singh Thapa

24 Dec, 07:35


analysis by bishnu prasad basyal

Ajay Singh Thapa

24 Dec, 03:42


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस ९ गते) अन्तिम दिन रहेको छ।

Ajay Singh Thapa

23 Dec, 14:39


सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेसँगै लामो समयदेखि चर्चामा रहेको 'एसएमई प्लेटफर्म' सञ्चालनको बाटो खुलेको छ । गत पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एसएमई प्लेटफर्म कारोबार नियमावली बनाउन धितोपत्र बोर्डलाई स्वीकृति दिएको हो ।

https://nepalipaisa.com/news-detail/76893

Ajay Singh Thapa

23 Dec, 13:48


बैकको लाभांश दर घट्यो

Ajay Singh Thapa

23 Dec, 08:19


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०–८१ लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात् आज पुस ८ गते कारोबार समय १२ः१३ बजेमात्र नट्समार्फत पठाएकाले नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । यस्तै, नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ । 

Ajay Singh Thapa

23 Dec, 07:17


प्रिमियममा एफपिओ: हिमालयन बैंक लिमिटेडले प्रिमियम मुल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्ने तयारी गरेको छ।
बैंकले एफपिओ निष्कासनको प्रस्ताव पारित गर्न पुष २९ साधारण सभा बोलाएको छ।
#HBL

Ajay Singh Thapa

23 Dec, 07:12


manufacture looking good

Ajay Singh Thapa

23 Dec, 05:07


रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
चिलिमेले बनाएकाे १११ मेगावाटको रसुवागडीले (RHPL) परिक्षण उत्पादन सुरु गरेको छ। १९ अर्बमा लागतमा लगभग १८ करोड प्रतिमेगावाट (ब्याज बाहेक) बनेको कम्पनीले बार्षिक तिन अर्व २५ करोड आय गर्ने छ।

Ajay Singh Thapa

23 Dec, 05:03


https://merolagani.com/NewsDetail.aspx?newsID=108753

Ajay Singh Thapa

23 Dec, 03:28


हाम्रो सेयर बजार सम्बन्धी छलफल गर्ने टेलिग्राममा जोडिनु होला।
Telegram group Join Garnus 
https://t.me/AjaySinghThapa9
https://t.me/AjaySinghThap 
Join fb group
https://www.facebook.com/groups/ajaysinghthapa/?ref=share

Ajay Singh Thapa

23 Dec, 03:26


सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते सोमबार अन्तिम दिन हो । यसले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।
सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने वितरण गर्दैछ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।

Ajay Singh Thapa

22 Dec, 13:31


कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। पौष ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण गर्न र ईन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद प्रस्ताव गरिएको उल्लेख गरेको छ।

Ajay Singh Thapa

22 Dec, 11:37


पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।
साना तथा मझौला संगठित संस्थाकाे धिताेपत्र निष्कासन तथा काराेबार नियमावली, २०८१ बनाउन नेपाल धिताेपत्र बाेर्डलाई स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले गरेकाे शेयर बजार सम्बन्धी पहिलाे निर्णय गरेकाे हाे ।
 त्यसैगरी, धिताेपत्र बजार सन्चालनकाे लागि अनुमितपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिकाे प्राप्त प्रतिवेदन अर्थमन्त्रालय पठाउने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेकाे छ ।

Ajay Singh Thapa

22 Dec, 11:35


चालु आर्थिक वर्षको पछिल्लो २ महिनमा निर्यात व्यापारमा सुधार देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालु आवको मंसिरसम्ममा नेपालबाट हुने निर्यात साढे १६ प्रतिशतले बढेको छ । गत कात्तिकसम्ममा निर्यात ४.१६ प्रतिशतले बढेको थियो । भन्सार विभागले आज सार्वजनिक गरेको मंसिर महिनामसान्तसम्म अर्थात ५ महिनाको विवरण अनुसार पछिल्लो २ महिना लगातार निर्यात व्यापारमा सुधार आएको हो । 

https://nepalipaisa.com/news-detail/76828

Ajay Singh Thapa

22 Dec, 10:54


नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार देखिएको छ।
करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला दुई महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
मंसिर महिनामा पछिल्लो ३८ महिनायताकै उच्च निर्यात भएको छ। त्यस्तै पछिल्लो ३१ महिनाको अवधिमा दोस्रो पटक करिब डेढ खर्ब रूपैयाँ बराबरको आयात पुगेको छ।

Ajay Singh Thapa

22 Dec, 05:15


घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (GCIL) ले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

Ajay Singh Thapa

09 Dec, 05:24


 हिमालयन डिष्टिलरीले २०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । 

Ajay Singh Thapa

09 Dec, 04:49


मञ्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

09 Dec, 03:01


https://www.bizshala.com/article/9804?fbclid=IwZXh0bgNhZW0CMTEAAR2HKJwzql3gVTIbVgpRDHarWv9kXNEFufLjUK4KrPgStm2nZgP4xA4FqNM_aem_hcVg548PCQ40nzfSER8suw

Ajay Singh Thapa

08 Dec, 05:07


एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

Ajay Singh Thapa

08 Dec, 04:44


सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Ajay Singh Thapa

08 Dec, 02:55


बलेफी हाइड्रोपावरले यही मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्नेछ ।

Ajay Singh Thapa

07 Dec, 13:38


https://nepalipaisa.com/news-detail/76240

Ajay Singh Thapa

06 Dec, 12:50


सेन्चुरी इनर्जी लिमिटेडले प्रिमियम मुल्य, प्रतिकित्ता २७५.११ रुपैयाँका दरले ३ लाख कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। 💬

#IPO #upcoming #premium

Ajay Singh Thapa

06 Dec, 09:08


https://nepalipaisa.com/news-detail/76193

Ajay Singh Thapa

06 Dec, 07:05


बुटवल पावर कम्पनीले सर्वसाधारणलाई प्रती कित्ता २०६.३० रुपैयाँमा १० करोड एफपीओ सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। 😮

#FPO #butwalpower

Ajay Singh Thapa

06 Dec, 01:09


निर्जीवन बिमा कम्पनीहरुको हकप्रद सेयर

https://nepalipaisa.com/news-detail/76197

Ajay Singh Thapa

06 Dec, 01:05


यसरी आउँदैछ जीवन बिमा कम्पनीहरुको हकप्रद सेयर

https://nepalipaisa.com/news-detail/76197

Ajay Singh Thapa

05 Dec, 12:02


जय शम्भु इन्भेष्टमेन्टले आईपीओ निष्कासनको अजेण्डासहित डाक्यो एजीएम https://arthasarokar.com/2024/12/jai-shambhu-investments-annual-general-meeting-preparing-to-release-ipo.html

Ajay Singh Thapa

05 Dec, 07:18


आइपीओ क्रेज: सीडीएसका अनुसार गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आज बिहान १० बजेसम्म १७ हजार १७८ जनाले ९ लाख ९४ हजार ८०० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन माग भन्दा ४.४२ गुणा बढि हो। 😮

#IPO #guardianmicrolife

Ajay Singh Thapa

05 Dec, 05:38


तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर बाहेक) दिने घोषणा गरेको हो ।

Ajay Singh Thapa

05 Dec, 04:41


छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

Ajay Singh Thapa

05 Dec, 02:25


अहिलेसम्म ४६ वटा कम्पनीहरुले लाभांश घोषणा

Ajay Singh Thapa

04 Dec, 13:14


सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी  मर्मत सम्भार तालिका तय गरिएको छ ।

Ajay Singh Thapa

04 Dec, 05:01


नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३.८० प्रतिशत बोनस शेयर रहेको छ भने ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

Ajay Singh Thapa

03 Dec, 14:33


8:30 ma tiktok live https://www.tiktok.com/@ajaysinghthapa9

Ajay Singh Thapa

02 Dec, 02:30


https://arthasarokar.com/2024/12/jai-shambhu-investments-annual-general-meeting-preparing-to-release-ipo.html

Ajay Singh Thapa

01 Dec, 14:05


https://sajhaartha.com/news-story/2288/agm-of-jai-shambhu-investment-on-november-22.html

Ajay Singh Thapa

01 Dec, 11:39


https://www.bizshala.com/article/9608

Ajay Singh Thapa

01 Dec, 06:24


लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

Ajay Singh Thapa

01 Dec, 02:45


लिबर्टी ईनर्जी कम्पनी लिमिटेड (LEC) ले आज (मंसिर १६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

29 Nov, 05:28


सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

28 Nov, 03:53


विशाल बजार सेयर बजारको सबैभन्दा ठूलो कम्पनी, एकैदिन सय गुणाले बढ्यो 
मंगलबार मात्रै कम्पनीको तीन करोड ९६ लाख ८ हजार छ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको छ। यो सेयर सरकारको स्वामित्वमा रहेको सेयर हो। यसअघिसम्म विशाल बजारले ओगटेको जग्गालाई नै सरकारको स्वामित्वको रूपमा लिइएको थियो।
जग्गा लिए पनि त्यसलाई सेयरमा परिवर्तन गरिएको थिएन। हाल आएर सो जग्गाको मूल्यांकन गरेर त्यसलाई सेयरमा परिणत गरेसँगै सेयर संख्या थपिएको हो।
थपिएको सेयर संख्या आजको मूल्यमा एक खर्ब ९६ अर्ब रूपैयाँ बराबर हो।

Ajay Singh Thapa

28 Nov, 03:13


लिवर्टी इनर्जीले मंसिर १६ गते आइतबारदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

Ajay Singh Thapa

27 Nov, 15:55


पछिल्लो समय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । 

Ajay Singh Thapa

27 Nov, 13:22


https://merolagani.com/NewsDetail.aspx?newsID=107851

Ajay Singh Thapa

27 Nov, 04:37


एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । 

Ajay Singh Thapa

27 Nov, 04:32


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले आज (मंसिर १२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

26 Nov, 05:14


कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार (मंसिर १० गते) बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन । उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । 

Ajay Singh Thapa

26 Nov, 04:24


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले आज (मंसिर ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

26 Nov, 04:22


कर्णाली डेभलपमेन्ट बैंक (KRBL) समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । केन्द्रिय बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो
बैंकको निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायतका समस्या देखिएपछि समस्याउन्मुख देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Ajay Singh Thapa

26 Nov, 04:21


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

25 Nov, 13:24


मन्त्रिपरिषदकाे बैठकले लामो समयदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्ताेषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेकाे हाे।

हार्दिक बधाई सन्तोष नारायण श्रेष्ठज्यु।

Ajay Singh Thapa

24 Nov, 14:20


गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति पाएको हो । यस इन्सुरेन्सले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ ।

Ajay Singh Thapa

24 Nov, 14:06


https://youtu.be/LfDcpOqLzCQ?si=N8eXMDdJiOtEHThA

Ajay Singh Thapa

24 Nov, 14:06


नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

Ajay Singh Thapa

24 Nov, 05:12


मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबार (मंसिर ७ गते) बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५००४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Ajay Singh Thapa

24 Nov, 05:09


जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

Ajay Singh Thapa

24 Nov, 03:09


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले अन्तर्वार्ता प्रक्रिया जारी रहेको छ । तथापि, ३ जनालाई अन्तर्वार्तामा बोलाए पनि २ जना मात्रै उपस्थित भएको स्रोतको भनाइ छ । 

आजको अन्तरर्वार्तमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित छन् । तत्कालीन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित भएका छन् ।

Ajay Singh Thapa

23 Nov, 14:03


नेपालको शेयर बजारमा आइपीओ अनुमति पाउने गार्डियन माइक्रो लाइफ पहिलो लघु बीमक बनेको छ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार गार्डियन माइक्रो लाइफलाई आइपीओ अनुमति दिएको हो। गार्डियन माइक्रो लाइफले गत साउन २४ गते आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

Ajay Singh Thapa

22 Nov, 13:35


https://www.ratopati.com/story/458850/the-way-for-non-resident-nepalis-to-invest-in-the-stock-market-has-been-opened

Ajay Singh Thapa

22 Nov, 05:41


लिवर्टी इनर्जीले मंसिर १६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

Ajay Singh Thapa

22 Nov, 05:35


युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

21 Nov, 14:01


अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी 'फिच'ले नेपालको आर्थिक अवस्थालाई सकारात्मक रुपमा मूल्यांकन गरेको छ । फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई ‘डबलबी माइनस’ दिएको छ जसले स्थिर अवस्थाको संकेत गर्दछ। राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने प्रतिवेदनमा उल्लेख छ ।

Ajay Singh Thapa

21 Nov, 06:14


बोटलर्स नेपाल (तराई) लिमिटेड (BNT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

20 Nov, 13:32


https://youtu.be/jC3P3M9uAZU?si=sGaEuDG-iRN14I49

Ajay Singh Thapa

20 Nov, 04:41


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

Ajay Singh Thapa

20 Nov, 02:50


https://nepalipaisa.com/news-detail/75595

Ajay Singh Thapa

19 Nov, 12:57


https://merolagani.com/NewsDetail.aspx?newsID=107609

Ajay Singh Thapa

19 Nov, 06:50


https://www.onlinekhabar.com/2024/11/1569511/durga-prasai-arrested-2

Ajay Singh Thapa

19 Nov, 06:05


जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १५ प्रतिशतले नाफा वृद्धि गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीहरुले गत आवमा १ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको पहिलो त्रैमासमा यो १५.१३ प्रतिशतले बढेर १ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

Ajay Singh Thapa

18 Nov, 15:38


सेयर कर्जाको ब्याजदर ९.६९ प्रतिशतमै आयो, अरु पनि सबैजसो कर्जाको औसत ब्याजदर एकल अंकमा झर्यो

https://nepalipaisa.com/news-detail/75553

Ajay Singh Thapa

18 Nov, 04:10


पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

Ajay Singh Thapa

13 Nov, 13:52


https://youtu.be/Qiu7jSsnxfs?si=Y1-ifTlT2kQso6PP

Ajay Singh Thapa

13 Nov, 03:09


https://youtu.be/nsW1nngK5ho

Ajay Singh Thapa

13 Nov, 02:43


सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये १८ वटा संस्थाले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ४ वटा कम्पनी मात्र घाटामा देखिएका छन् । प्रायः कम्पनीहरुको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको छ । त्यसैगरी, यिनीहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । 

https://nepalipaisa.com/news-detail/75322

Ajay Singh Thapa

13 Nov, 02:38


नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
Eps 19
Networth 157

Ajay Singh Thapa

12 Nov, 15:59


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गरे ।

Ajay Singh Thapa

12 Nov, 15:58


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्।

Ajay Singh Thapa

12 Nov, 09:32


फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
Eps 15
Networth 289

Ajay Singh Thapa

12 Nov, 03:22


एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको लघुवित्त, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।
Eps 3
Networth 130

Ajay Singh Thapa

12 Nov, 02:34


नेपाल धितोपत्र बोर्ड र सिडिएससी दुवै नेतृत्वविहीन हुँदै गर्दा समेत अर्थ मन्त्रीले कुनै चासो दिएका छैनन्। शेयर बजार मैत्री मानिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारका सरोकारवाला निकायमा नियुक्ति प्रक्रिया अघि नबढाउनुले उनी प्रति आम सर्वसाधारणको विश्वसनीयता कम हुँदै गएको छ।  

Ajay Singh Thapa

12 Nov, 02:27


नेपाल धितोपत्र बोर्ड गएको ९ महिना देखि नेतृत्वविहीन छ। गत २०८० पुस २० गते तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिए यता धितोपत्र बोर्ड नेतृत्व विहीन हुन पुगेको हो। त्यस यता सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको भए पनि उक्त प्रक्रियाले सार्थकता पाएको छैन।

Ajay Singh Thapa

12 Nov, 02:13


चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने जलविद्युत् कम्पनीहरु मध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी तेह्रथुम पावरको रहेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४० पैसाले बढेर ४६ रुपैयाँ ०३ पैसा पुगेको हो । यसअवधिमा ९ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ३ कम्पनीको ऋणात्मक छ । 

https://nepalipaisa.com/news-detail/75266

Ajay Singh Thapa

11 Nov, 13:02


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७४५.६७ प्रतिशतले धेरै हो
Eps 23
Networth 142

Ajay Singh Thapa

11 Nov, 02:39


अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड (AHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
Eps 12
Networth 106

Ajay Singh Thapa

10 Nov, 15:23


Trader Vs Invester CAGR

Ajay Singh Thapa

10 Nov, 14:27


आइतबारको बजारको प्रवृत्ति हेर्दा पुनः आम लगानीकर्तामा सकारात्मक मनोभावना विकास हुन थालेको देखिएको छ । समग्रमा बुल रनमा रहेको बजारले करेक्सन चरण पूरा गरेर पुनः वृद्धिको बाटो समाउन सक्ने संकेत नेप्सेले गरेको छ । यद्यपि, एक दिनकै कारोबारका आधारमा यकिन गरिहाल्न भने अलि हतार हुन सक्छ । तर समग्रमा बजार बुल रनमै रहेको देखिन्छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता र घट्दो ब्याजदरले बजारले माथितिर जान सहयोग गरिरहेको छ ।

https://nepalipaisa.com/news-detail/75209

Ajay Singh Thapa

10 Nov, 12:57


https://youtu.be/781tBnyPqsg?si=bfm4osMMAHDDG3mI

Ajay Singh Thapa

10 Nov, 05:23


शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको हो।बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

09 Nov, 04:02


https://merolagani.com/NewsDetail.aspx?newsID=107252

Ajay Singh Thapa

08 Nov, 08:12


बैंकहरुको विगतमा असुली हुन (उठ्न) नसकेको कर्जाको ब्याजमा अहिले केही सुधार आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा १४ वटा वाणिज्य बैंकहरुले २ अर्ब ८२ करोड ४७ लाख १४ हजार रुपैयाँमात्र कर्जाको ब्याजदर उठाउन सकेका छैनन् । अघिल्लो वर्ष २० वटै बैंकले कर्जाको ब्याजदर उठाउन सकेका थिएनन् । २०८० असोज मसान्तसम्ममा २० बैंकको उठ्न नसकेको ब्याजदर १३ अर्ब ४४ करोड ९ लाख ३० हजार रुपैयाँ थियो । एक वर्षको अवधिमा यस्तो कर्जाको ब्याजदर १० अर्ब ६१ करोड अर्थात् ७८.९८ प्रतिशतले घटेको हो । 

https://nepalipaisa.com/news-detail/75129

Ajay Singh Thapa

06 Nov, 03:49


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

06 Nov, 02:48


https://merolagani.com/NewsDetail.aspx?newsID=107167

Ajay Singh Thapa

05 Nov, 14:01


https://youtu.be/EYh2SVUATUk

Ajay Singh Thapa

05 Nov, 04:36


दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्। बलेफी हाइड्रोपावर (BHL) ले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
त्यस्तै, लिबर्टी इनर्जी (LEC) ले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Ajay Singh Thapa

04 Nov, 09:17


https://www.setopati.com/kinmel/banking/342885

Ajay Singh Thapa

04 Nov, 08:17


हाम्रो बजार सिजनल छ । दशैं तिहारको बीचमा बजार आक्रमक कहिले पनि भएको छैन । जस्तो साउन र भदौ महिना बजार आक्रमक भएर बढ्ने अनि असोज कार्तिकमा सुस्ताउने गरेको छ । बुल समयमा पनि त्यस्तो हुने गरेको छ । यो समयमा पनि राम्रो रकम सहितको कारोबार बजारमा भइरहेको छ । यसले बजारबाट शेयर उठाईदै छ भन्ने बुझाएको छ । त्यसैले अबको बजारलाई सकारात्मक रुपमा राम्रो उचाई लिदैछ भनेर भन्न सकिन्छ ।
from merolagani

Ajay Singh Thapa

31 Oct, 05:14


शुभ दीपावली २०८१ को हार्दिक मंगलमय शुभकामना! 🙏

Ajay Singh Thapa

30 Oct, 05:43


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाय कायम चुक्ता पूँजीको ९.४७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश रहेको छ।

Ajay Singh Thapa

30 Oct, 05:32


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

Ajay Singh Thapa

30 Oct, 05:30


विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

30 Oct, 05:28


सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ।

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

30 Oct, 04:47


नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको संचालक समिति बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

Ajay Singh Thapa

30 Oct, 03:17


बैंकहरुको आधार दर क्रमशः घट्दो क्रममा रहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि घटेको छ । १ वर्षको अवधिलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) २.६२ प्रतिशत बिन्दुले घटिसकेको छ । २०८१ असोज मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ७.३४ प्रतिशत कायम भएको छ ।

https://nepalipaisa.com/news-detail/74923

Ajay Singh Thapa

29 Oct, 13:05


स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Ajay Singh Thapa

29 Oct, 07:01


गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
Eps 35
Networth 131

Ajay Singh Thapa

29 Oct, 02:28


सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
Eps 35
Networth 147

Ajay Singh Thapa

28 Oct, 14:02


https://youtu.be/YZr201tU0YM?si=4LVXsLV94hw20pvo

Ajay Singh Thapa

28 Oct, 12:33


२६ सयको मनोवैज्ञानिक विन्दु नजिकसम्म आइसकेको नेप्सेमा सोमबार बाउन्स ब्याक भएको छ । यस दिन नेप्से सूचक २७.४१ विन्दुले बढेर २६४५.३६ अंकमा आएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । ५ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

Ajay Singh Thapa

28 Oct, 04:41


समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) आज सोमबार कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । यस लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गरेको हो । 

Ajay Singh Thapa

27 Oct, 05:11


प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Ajay Singh Thapa

26 Oct, 15:16


https://youtu.be/bJqP2-reDno?si=bynDaHUd1tsuXccA

Ajay Singh Thapa

26 Oct, 07:37


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् ।

https://nepalipaisa.com/news-detail/74805

Ajay Singh Thapa

26 Oct, 07:15


नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरु मध्ये १४ वटाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । समृद्धि फाइनान्सले भने हालसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेको छैन । असोज मसान्तसम्म आइपुग्दा अधिकांश फाइनान्स कम्पनीहरुको नाफा बढेको छ ।

https://nepalipaisa.com/news-detail/74803

Ajay Singh Thapa

25 Oct, 11:54


नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

Ajay Singh Thapa

25 Oct, 02:06


हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
Eps 16
Networth 122

Ajay Singh Thapa

24 Oct, 13:08


https://merolagani.com/NewsDetail.aspx?newsID=106941

Ajay Singh Thapa

23 Oct, 06:17


राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशत बढेको छ।

Ajay Singh Thapa

23 Oct, 03:39


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।

Ajay Singh Thapa

23 Oct, 02:46


स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
Eps 36
Networth 227

Ajay Singh Thapa

23 Oct, 01:57


नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले धेरै हो ।
Eps 29
Networth 229

Ajay Singh Thapa

23 Oct, 01:51


नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
Eps 31
Networth 193

Ajay Singh Thapa

23 Oct, 01:46


नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
Eps 16
Networth 264

Ajay Singh Thapa

23 Oct, 01:27


ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब नाघेको छ।
Eps 16
Networth 174

Ajay Singh Thapa

21 Oct, 17:45


बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरुले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा भदौमा कर्जाको भारित औसत ब्याजदर साढे ९ प्रतिशतमा नै झरेको छ । कर्जाको औसत ब्याजदर गत असारदेखि एकल अंकमा झरेको हो । भदौसम्म आइपुग्दा अधिकांस कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशतमा झरेको छ ।

https://nepalipaisa.com/news-detail/74619

Ajay Singh Thapa

21 Oct, 15:07


चालु आर्थिक वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । सोही नाफालाई आधारमा मानेर हेर्दा बैंकहरुको औसत प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ (वार्षिकीकरण नगरिएको) देखिएको छ ।

https://nepalipaisa.com/news-detail/74618

Ajay Singh Thapa

21 Oct, 12:08


बलेफी हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

Ajay Singh Thapa

21 Oct, 09:31


बजारमा विभिन्न हल्लाहरु चल्दा नेप्से प्रभावित भएको देखिन्छ । सरकार परिवर्तनदेखि पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउसम्मका घटना जोडर सामाजिक सञ्जालहरुमा विभिन्न हल्ला फैलाइएका छन् । यस्तै, दल विभाजनसम्बन्धी अध्यादेशको तयारी लगायतका विषय पनि चर्चामा आएका छन् । 

https://nepalipaisa.com/news-detail/74609

Ajay Singh Thapa

21 Oct, 05:01


सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

Ajay Singh Thapa

21 Oct, 03:00


निक्षेपमा बैंक तथा वित्तीय संस्थाले दिने ब्याज दर घट्दै गएपछि मुद्दती निक्षेपको अंश पनि विस्तारै घट्न थालेको छ । मुद्दती निक्षेप (एफडी)को अंश घटे पनि बचत निक्षेपको अंश भने विस्तारै बढ्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Ajay Singh Thapa

21 Oct, 02:56


https://nepalipaisa.com/news-detail/74579

Ajay Singh Thapa

20 Oct, 14:11


नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

https://www.nepalipaisa.com/news-detail/74573

Ajay Singh Thapa

20 Oct, 12:36


चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

Ajay Singh Thapa

20 Oct, 12:04


गत दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब भन्दा बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार भदौ महिनासम्ममा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका हुन्। गत आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुले १ खर्ब ४ करोड अर्थात ६.३ प्रतिशतले नाफा बढाएका छन्।

Ajay Singh Thapa

20 Oct, 01:30


समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्।

Ajay Singh Thapa

19 Oct, 13:27


चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार नेपालको विदेशी मुद्रा सञ्चिति लक्ष्य भन्दा बढी हुन पुगेको छ । राष्ट्र बैंकले ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति राख्ने भने पनि सो सञ्चिति झन्डै १३ दशमलब ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार नेपालसँग अहिले २१ खर्ब ५२ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ जुन डलरमा १६ अर्ब ४ करोड रुपैयाँ हुन आउँछ । यो रकमले १३ दशमलब ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको छ ।

Ajay Singh Thapa

19 Oct, 08:33


माथिल्लो तामाकोशी आंशिकरुपमा संचालन गर्ने तयारी, सम्पूर्ण मर्मत सम्पन्न गर्न ६ महिना लाग्ने अनुमान

https://nepalipaisa.com/news-detail/74535

Ajay Singh Thapa

18 Oct, 01:37


गत आर्थिक वर्ष सुस्त रहेको कर्जा प्रवाहमा चालु वर्षको सुरुवातदेखि भने सुधार आउन थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जा बढ्न थालेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय विवरणमा चालु आवको २ महिनामा कर्जा प्रवाह १.४ प्रतिशतले बढेको उल्लेख छ । 

Ajay Singh Thapa

17 Oct, 08:27


सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा ३ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्षको ३ महिनामा गत वर्ष भन्दा ८.११ प्रतिशत बढी राजस्व संकलन गरेको सरकारले गत वर्षको सोही अवधि भन्दा १७.५ प्रतिशत बढी खर्च गरेको हो ।

Ajay Singh Thapa

17 Oct, 03:28


जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन/पाइँदैन । नेगेटिभ नेटवर्थ (१ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्ज (नेप्से) मा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको एक वर्षसम्म लेखा परीक्षण नगरेका, पछिल्लो तीन वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक सञ्चालनमा आएको एक वर्ष पूरा नभएका, तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले यस्तो मार्जिन कर्जा दिन नपाउने व्यवस्था छ । यही आधारमा मार्जिन कर्जा पाउने कम्पनीको सूची नेप्सेले बर्सेनि सार्वजनिक गर्दै आएको छ ।

Ajay Singh Thapa

17 Oct, 03:28


अधिकांश बैंकले १० प्रतिशतभन्दा तलकै दरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् । सेयर धितो कर्जाको ब्याज आधार दरमा ४ प्रतिशतसम्म थप गर्न सकिने व्यवस्था बैंकहरुले गरे पनि कतिपयले हाल आधार दरकै हाराहारीमा दिइरहेका छन् ।

Ajay Singh Thapa

16 Oct, 14:17


अब कात्तिक लागेपछि सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक हुन थाल्नेछ । कम्पनीहरुले नाफा कमाएको रिपोर्ट आएमा बजार बढ्नका लागि यसले पनि सहयोग गर्नेछ । 

Ajay Singh Thapa

16 Oct, 14:14


अहिले अधिकांश बैंकहरुले सामान्य निक्षेपमा करिब ३ प्रतिशत हाराहारीमा मात्र ब्याज दिएका छन् । मुद्दति निक्षेपको ब्याजदर नै ६ प्रतिशतको हाराहारीमा मात्र छ । यसआधारमा बैंकमा निक्षेप राखेर लगानीकर्तालाई खासै फाइदा छैन् । यस्तो अवस्थामा निक्षेपकर्ताहरुसमेत बैंकबाट पैसा झिकेर सेयर बजारतिर मोडिने गर्छन् । यसले पनि सेयरको माग बढाउन सहयोग पुग्ने देखिन्छ ।

https://nepalipaisa.com/news-detail/74444

Ajay Singh Thapa

16 Oct, 12:44


https://bizmandu.com/content/20241016115932.html

Ajay Singh Thapa

16 Oct, 06:47


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएपछि एकै महिना करिब साढे ८ अर्ब रुपैयाँले शेयर धितो कर्जा बढेको छ।

Ajay Singh Thapa

16 Oct, 03:45


असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो।

Ajay Singh Thapa

15 Oct, 14:27


https://nepalipaisa.com/news-detail/74417

Ajay Singh Thapa

15 Oct, 13:05


संबंधित निकायले 2080 पुस देखि अहिले सम्म सेबोनको कार्यकारी अध्यक्ष (हाकिम) नियुक्त नगर्दा बिगत १ वर्ष देखि IPO खुलेका छैनन् ! यसले एकातिर IPO जारी गर्न चाहने कम्पनीहरु मर्कामा छन् भने अर्कोतिर IPO भर्ने अवसर नपाएर लाखौं लगानीकर्ताहरु मर्कामा छन् ।

Ajay Singh Thapa

15 Oct, 12:11


https://youtu.be/_Klcklwbl2I

Ajay Singh Thapa

15 Oct, 12:05


चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात, भदौसम्म शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाख डलरले बचतमा रहेको छ ।
मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो ।

Ajay Singh Thapa

15 Oct, 11:59


चालु आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ ।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Ajay Singh Thapa

15 Oct, 06:03


नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १:०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

Ajay Singh Thapa

15 Oct, 05:07


https://www.onlinekhabar.com/2024/10/1551748/these-are-the-main-factors-that-make-the-nepali-stock-market-go-down

Ajay Singh Thapa

15 Oct, 04:18


सबैभन्दा कम सेयर मूल्य हुने वाणिज्य बैंकमा कुमारीको २२६ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको २४१, प्रभु बैंकको २४९, लक्ष्मी सनराइजको २५३, सिटिजनको २५३, ग्लोबल आइएमइको २५३.७ रुपैयाँ सेयर मूल्य रहेको छ ।

Ajay Singh Thapa

15 Oct, 02:38


चालु आर्थिक वर्षको यसअवधिसम्म आइपुग्दा २२ वटा कम्पनीहरुले आफ्नो विशेष वा वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने एजेन्डा प्रस्तुत गरेका छन् । जसमध्ये १६ वटाको सभा सम्पन्न भइसकेको छ । बाँकी कम्पनीको भने साधारण सभा हुन बाँकी छ ।आर्थिक वर्षको ३ महिनासम्म २२ वटाले आइपीओ एजेन्डा सहित साधारण सभा गर्ने घोषणा गरेका हुन् । 

https://nepalipaisa.com/news-detail/74363

Ajay Singh Thapa

13 Oct, 11:20


शेयर बजारमा लगानीकर्ताको मुख्य शक्ति भनेको नै अनुशासनमा रहनु हो । जसले लोभ र डरलाई निन्त्रणमा राखेर लगानी गर्न सक्यो भने मात्रै बजारबाट सफल हुने बुझाई छ ।

Ajay Singh Thapa

13 Oct, 11:17


लगानी गर्ने कम्पनीमा आफैले सुक्ष्म अनुसन्धान गनुपर्छ । नबुझी गरिएको लगानी डुब्न सक्छ । शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पहिले अध्ययन, अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । बजारमा अनुशासित भएर लगानी गर्नेहरुले कमाउने होईन मात्र होईन पैसा बनाउने क्षेत्रको रुपमा लिने गरेको पनि पाइन्छ ।